तारा राजावादीको बयान: पत्रकार सुरेश रजक मृत भेटिएको घरमा मैले आगो लगाएको हुँ
काठमाडाैं | जेठ १३, २०८२
प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् ।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको बयान दिएका छन् ।
आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शम्शेर जबरा, रविन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् ।
त्यसक्रममा चैत १५ गते आफू बिहान १० बजे नै उक्त स्थानमा पुगेको बताएका छन् ।
रविन्द्र मिश्र र धवल शम्शेरले स्टेजमा भाषण गरिरहेको बेला दुर्गा प्रसाईँसहितको समूह निषेधित क्षेत्रमा गइ अमानवीय र अराजक शैलीमा संसद् भवन कब्जा गर्नुपर्छ भनी उत्तेजित बनाउँदै गाडी कुदाएको बयानमा उनले बताएका छन् ।
त्यसपछि आफूले भिडलाई उत्तेजित बनाउँदै त्यसतर्फ लगेको र प्रहरीले रोकेपछि बिचबाट आफू र प्रसाईँ हिँडेर कार्यक्रम स्थल पुगेको उनले बताएका छन् ।
स्टेजबाट मिश्र र शम्शेरले उत्तेजित अभिव्यक्ति दिएपछि प्रहरीमाथि ढुङ्गा मुढा सुरु गरेको र त्यसै क्रममा ५ तल्ले पक्की घरमा सटर च्यानल गेटमा लगाएको ताला फोडी अनधिकृत रुपमा भित्र छिरेको पनि उनले बताएका छन् । यो खबर रातोपाटी डटकममा लेखिएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

